Federation Of Nepal Journalists, Dhading
केशव अधिकारी धादिङ जिल्लालाई कर्मथलो बनाएर पत्रकारिता गर्नेको संख्या अहिले एक सय जना पुग्न लागेको छ । केही बर्ष अघि धादिङ जिल्लामा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त सदस्य १९५ पुगिसकेको थियो अहिले त्यो संख्या घट्दै एक सयमा पुगेको छ । धादिङ जिल्लामा जन्मिएर राजधानी काठमाण्डौं र देशका अन्य जिल्ला एवम विदेशमा समेत पुगेर पत्रकारिता गर्नेको संख्या भने दुई सयको हाराहारी भईसकेको छ । धादिङेहरूमा पत्रकारिताको रुचि कस्तो थियो भनेर खोज्दै जाँदा वि.सं. २००८ सालमा धादिङ पिंडा गाउँका वासिन्दा केशवराज पिँडालीले काठमाण्डौंमा बसेर गाईजात्रा नामक हास्य व्यङ्ग्य पत्रिकाको सम्पादन गर्नु भएको …