Federation Of Nepal Journalists, Dhading
नेपाल पत्रकार महासंघ धादिङ शाखाले जिल्लामा क्रियाशील चार जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार सहित सम्मान गरेको छ। साेमबार धादिङबेसीस्थित महासंघको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा पत्रकारहरूलाई दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको हो।
यस वर्षको राजेन्द्र प्रताप शाह स्मृति पत्रकारिता पुरस्कार धादिङ न्यूजका संस्थापक तथा दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय केशव अधिकारीलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सचिव स्वर्गीय राजेन्द्र प्रताप शाहको स्मृतिमा ज्वालामुखी गाउँपालिकाको सहयोगमा स्थापना गरिएको उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार पत्रकार पोषनाथ अधिकारीलाई प्रदान गरिएको छ। नेपाल प्रेस युनियनको समन्वयमा नीलकण्ठ नगरपालिकाको सहयोगमा स्थापना गरिएको यो पुरस्कार प्रेस स्वतन्त्रता सेनानी तथा महासंघ धादिङका संस्थापक सभापति स्वर्गीय सीताराम प्रसाद वर्माको स्मृतिमा समर्पित छ।
यस्तै, तत्कालीन जिल्ला विकास समितिको सहयोगमा स्थापना गरिएको विकास पत्रकारिता पुरस्कार पत्रकार राजन अधिकारीलाई तथा वर्मा परिवारको सहयोगमा स्थापना गरिएको शालिकराम वर्मा स्मृति पत्रकारिता पुरस्कार पत्रकार रामबहादुर ठकुरी ‘आशिष’ लाई प्रदान गरिएको छ।
पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य तथा सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले पुरस्कृत पत्रकारहरूलाई सम्मान हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष आचार्यले पुरस्कारले पत्रकारिता कर्मलाई थप जिम्मेवार र सक्रिय बनाउने उल्लेख गर्दै नीति, नियम र आचारसंहितामा आधारित पत्रकारिता प्रवर्द्धनमा काउन्सिल प्रतिबद्ध रहेको बताउनुभयो। महासंघकी अध्यक्ष शर्माले सीताराम प्रसाद वर्मा र राजेन्द्र प्रताप शाहको पत्रकारिता योगदानको उच्च प्रशंसा गर्दै उहाँहरूले देखाउनुभएको बाटो पछ्याउनुपर्ने बताउनुभयो।
कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै, प्रेस काउन्सिलका बोर्ड सदस्यहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघ धादिङ शाखाले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अन्तरक्रियासँगै पुरस्कार अर्पण कार्यक्रम आयोजना गरी पत्रकारितामा योगदान दिने पत्रकारहरूको सम्मान गरेको जनाएको छ।