FNJ Logo

नेपाल पत्रकार महासंघ, धादिङ

Federation Of Nepal Journalists, Dhading

दोस्रो नीलकण्ठ मेयर कप फुटसलमा महासंघ तेस्रो

FNJ Dhading

नेपाल पत्रकार महासंघ धादिङ शाखाको टीम दोस्रो मेयरकप फुटसलमा तेस्रो भएको छ ।

फागुन ६ देखि ९ गतेसम्म धादिङवेशीमा सञ्चालन भएको र नीलकण्ठ नगरपालिकाले आयोजना गरेको फुटसल प्रतियोगीतामा महासंघले तेस्रो स्थान प्राप्त गरेको हाे । तेस्राे स्थानको लागि भएको प्रतिस्पर्धामा गंगाजमुना गाउँपालिका धादिङलाई पराजित गरेकाे हाे ।

नीलकण्ठ नगरपालिकाको टिमसंग पराजित भएपछि महासंघ सेमिफाइनलमा रोकिएको थियो ।

तेस्रो स्थानको उपाधिसंगै टिमले २२ हजार २ सय २२ रुपैया नगद सहित ट्रफी प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा एक्सन नेपाल प्रथम हुँदा नीलकण्ठ नगरपालिकाको टिम दोस्रो भएको थियो ।