Federation Of Nepal Journalists, Dhading
सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले कडा आपत्ति जनाएको छ ।
महासंघले बिहीबार प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । सरकारको उक्त निर्णय प्रेस स्वतन्त्रता, संवैधानिक व्यवस्था र खुला बजार अर्थनीतिविरुद्ध रहेको महासंघको ठहर रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
विज्ञापन क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने सरकारी प्रयास सकारात्मक भए पनि सोही नाममा सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्नु संविधान, कानुन, अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा संघीयताको मर्मविपरीत र आपत्तिजनक रहेको भन्दै महासंघले बिरोध जनाएको हो ।
पत्रकार महासंघको केन्द्रिय बिरोध कार्यक्रम अन्तरर्गत धादिङ शाखाले पनि आज उक्त ज्ञापनपत्र बुझाएर बिरोधमा उत्रिएको हो । सो समारोहमा नेपाल पत्रकार महासंघ धादिङका सभापती सिताराम अधिकारी,पुर्व अध्यक्ष राजाराम शर्मा, शाखाका उपाध्यक्ष मनिष दुवाडी,सचिव सन्तोषराज श्रेष्ठ लगाएत धादिङ जिल्लाका संचारकर्मी तथा मिडिया संचालकहरुको उपस्थिति रहेको थियो ।