Federation Of Nepal Journalists, Dhading
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाल पत्रकार महासंघ धादिङ शाखालाई उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मान गरेको छ।
पत्रकारहरूको हकहित तथा पेसागत अधिकार संरक्षणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुका साथै सदस्यता नवीकरण, साधारणसभा सञ्चालन र शाखाले सम्पादन गर्नुपर्ने विभिन्न संगठनात्मक कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गरेको मूल्याङ्कनका आधारमा धादिङ शाखा उत्कृष्ट घोषित भएको हो।
बागमती प्रदेशअन्तर्गत रहेका जिल्ला शाखाहरूमध्ये संगठन सुदृढीकरण, सदस्य व्यवस्थापन, संस्थागत गतिविधि सञ्चालन तथा पत्रकारिता क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै धादिङ शाखालाई उक्त सम्मान प्रदान गरिएको प्रदेश समितिले जनाएको छ।
उक्त सम्मानले जिल्लामा क्रियाशील पत्रकारहरूको मनोबल थप उच्च बनाउनुका साथै पत्रकारिताको व्यावसायिक विकास र संगठनलाई अझ सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीले प्रदेश समिति प्रति आभार व्यक्त गर्नुभयो।