FNJ Logo

नेपाल पत्रकार महासंघ, धादिङ

Federation Of Nepal Journalists, Dhading

नेपाल पत्रकार महासंघ धादिङका सदस्य संदिप घिमिरे सम्मानित

FNJ Dhading

धादिङ । नेपाल बुद्धिचाल महासंघले बुद्धिचाल खेलको विकास, विस्तार र लोकप्रियतामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ धादिङका सदस्य तथा गल्छी खबर डटकमका सम्पादक सन्दिप प्रसाद घिमिरेलाई सम्मान गरेको छ।

आठौँ तुलसीलाल टिम चेस च्याम्पियनसिपको समापन कार्यक्रमकाे अबसरमा ललितपुरमा घिमिरेलाई सम्मानपत्र प्रदान गरिएको हो।

नेपाल बुद्धिचाल महासंघले आयोजना गर्दै आएका विभिन्न प्रतियोगिताहरूको निरन्तर प्रवर्द्धन, प्रचार–प्रसार तथा खेलकुद पत्रकारितामार्फत बुद्धिचाल खेललाई स्थापित गर्न घिमिरेले गरे‍को योगदानकाे उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो।

सम्मानपत्र मार्फत महासंघले बुद्धिचाल खेलको उन्नति, खेलाडी तथा आयोजकको मनोबल वृद्धि र खेलमैत्री वातावरण निर्माणका लागि घिमिरेले देखाएको समर्पण, सहयोग र सक्रियताकाे कदर गर्दै नगद ५ हजार र सम्मानपत्र महासंघका अध्यक्ष हेराकाजी महर्जनले प्रदान गर्नुभयाे ।

आगामी दिनमा खेलकुद पत्रकारिता र बुद्धिचाल क्षेत्रमा उनको योगदान अझ प्रभावकारी हुने विश्वास महासंघले लिएकाे छ।