FNJ Logo

नेपाल पत्रकार महासंघ, धादिङ

Federation Of Nepal Journalists, Dhading

अनलाइन मिडिया सोसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी सर्वसम्मत चयन

FNJ Dhading

धादिङ । अनलाइन मिडिया सोसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।

बुधबार धादिङबेसीस्थित उद्योग वाणिज्य संघ धादिङको सभाहलमा भएको प्रारम्भिक साधारण सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा नारायण सिलवाल, सचिवमा अनिल नेपाली, सह सचिवमा मनिष श्रेष्ठ र कोषाध्यक्षमा बिनु सिम्खडा चयन हुनुभएको छ।

त्यसैगरी, सदस्यहरूमा राम बहादुर ठकुरी (आशिष) सीता सापकोटा (शितल), दिपा लम्साल र गजेन्द्र गुरुङ रहनुभएको छ ।

प्रारम्भिक साधारण सभाका अवसरमा डिजिटल पत्रकारिता, कन्टेन्ट निर्माण तथा पत्रकारितामा एआइ को प्रयोग सम्बन्धी प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो।

प्रशिक्षणमा अनलाइन पत्रकारितामा प्रविधिको बढ्दो प्रयोग, गुणस्तरीय कन्टेन्ट उत्पादन र एआइको जिम्मेवार प्रयोगबारे छलफल गरिएको थियो। सभामा सहभागीहरुले जिल्लामा क्रियाशील अनलाइन मिडियालाई व्यवस्थित, जिम्मेवार र मर्यादित बनाउँदै सूचना प्रवाहलाई प्रभावकारी बनाउन सोसाइटीको भूमिका महत्वपूर्ण रहने बताएका थिए।

नवनिर्वाचित अध्यक्ष अधिकारीले अनलाइन पत्रकारिताको विकास, क्षमता अभिवृद्धि तथा पत्रकारहरूको हकहित संरक्षणका लागि आगामी दिनमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Source : Bagmatikalam.com