FNJ Logo

नेपाल पत्रकार महासंघ, धादिङ

Federation Of Nepal Journalists, Dhading

फोनिज धादिङले मनायो सत्यनारायण बहादुर श्रेष्ठको ११० औँ जन्मजयन्ती

FNJ Dhading

धादिङ । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११० औँ जन्मजयन्ती धादिङमा पनि मनाइएको छ । “समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले चियापान कार्यक्रमको आयोजना गरि पुर्याउनु भएको योगदानको र मार्गनिर्देशका विषयमा छलफल गरेकोे हो ।

संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नेपाली पत्रकारिताका अग्रज स्तम्भ रहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले बताए ।  संगठित पत्रकारिताको अवधारणा अघि सार्दै पत्रकारहरूको हकहित, प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारी, निवर्तमान अध्यक्ष राजाराम शर्मा, प्रेस यूनियनका केन्द्रिय सदस्य पोषनाथ अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिका कोषाध्यक्ष शंकर श्रेष्ठ लगायतका विभिन्न संघ संगठनका प्रमुख एवम् प्रतिनिधि तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।